नेकपा एमालेको राष्ट्रिय भेला छैन,गुटगत भेलामा सहभागी नहुनु : महासचिव पोखरेल



काठमाडौं,४ चैत ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेको नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा एमालेको तर्फबाट त्यस्तो कुनै पनि भेला आयोजना नगरिएको स्पस्ट पारेका छन।

मङ्गलबार बेलुका विज्ञप्ति नै निकालेर पोखरेलले नेता तथा कार्यकर्तालाई गुटगत भेला नगर्न र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन दिंदै महासचिव पोखरेलले
अन्यथा संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था बमोजिम हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्