सन्ध्या तिवारीले छोडिन एमाले,दर्ता गरिन अर्को पार्टी

काठमाडाैं,३ चैत ।सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ । सर्वोच्च अदालतले नेकपाको एकीककरण बदर गरेपछि नाम परिवर्तन गरेर जनताको जनवाद पार्टी ‘जजपा’ राखेकाे हाे ।

सो पार्टी निर्वाचन आयोगमा नाम दर्ता पनि गरिएको छ । अदालतले साविकको एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्किने फैसला गरेपनि तिवारीले आफ्नो पार्टीको नाम परिवर्तन गरेकी हुन् ।
यसअघि दुई दलको एकता पछि तिवारीले आयोगमा तत्कालिन एमाले नामबा पार्टी दर्ता गराएकी थिइन् । जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।

