सल्लेरीमा महिला भलिबल प्रतियोगिता सुरु, प्रथम हुनेलाइ ५५ हजार ५ सय पुरस्कार



सोलुखुम्बु,२३ फाल्गुन ।’महिलाको सुरक्षा सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नारासहित स्वर्णिम सारथी संस्थाको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको सह–आयोजनामा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।

१ सय ११ औँ महिला दिवसको अवसरमा सदरमुकाम सल्लेरीमा आयोजितभलिबल प्रतियोगिता
सदरमुकाम सल्लेरीस्थित समन्वय समितिको खेलमैदानमा शनिबार सुरु भएको हो।

सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राइद्वारा उद्घाटित प्रतियोगिता २४ गतेसम्म जारी रहने स्वर्णिम सारथी संस्थाकी सचिव सुजता तामाङले जानकारी दिइन।

प्रतियोगितामा सोलुखुम्बुभित्रका ११ टिमको सहभागिता रहेकोे जनाइएको छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः नगद रु.५५ हजार ५ सय रुपैँया, ४४ हजार ४ सय ४४ रुपैँया, ३३ हजार ३ सय ३३ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

यस्तै, उत्कृष्ट सटर, डिफेन्डर, लिफ्टर, सर्भर र उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा उपमेयर राइका अतिरिक्त प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही,सोलुदुधकुण्ड नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङ, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर,अन्तर पार्टी महिला सञ्जाल सोलुखुम्बुकी सचिव राधिका श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्