बहराइनको राजपरिवार सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने



२० फागुन, काठमाडौं । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक गरी १६ जना रहने जनाइएको छ ।

उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अनलाइन खबरबाट
प्रतिक्रिया दिनुहोस्