भीरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । उदयपुरमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-८ तल्लो चुरुम्खा बस्ने ७० वर्षीय बीर बहादुर तामाङको भिरबाट खसेर मृत्यु भएको हो ।

फागुन १२ गते सोही ठाउँस्थित गाउँबाट घर फर्कने क्रममा भिरबाट करिब २ सय मिटर तल खस्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

