सुरुङबाट उद्धारको प्रविधिबारे कुलमान घिसिङले दिए प्रधानमन्त्रीलाई सुझाव
काठमाडौं,१८ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धार पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि अधयक्ष घिसिङले मानिसको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै सुरुङमा फसेकाको उद्धार तत्काल गर्नुपर्ने बताएका थिए ।
“सुरुङमा फसेकाहरूलाई उद्धार गर्न स्पेसल प्रविधि भन्ने हुँदैन, काम नै गर्ने हो त्यहाँ,” भेटपछि घिसिङले भने, “हामीले इक्विपमेन्ट पुर्याउनु पर्यो र प्राविधिकहरू लगेर समयमा काम गर्नुपर्यो ।”
उनले सुरुङभित्रको उद्धारका विषयमा प्रधानमन्त्रीले पनि चिन्ता जाहेर गरेको बताए । स्वदेशी प्रविधिकको परिचालनदेखि विदेशी विज्ञ र प्राविधिक ल्याउन पनि सरकार तयार भएको प्रधानमन्त्रीले बताएको उनले जानकारी दिए ।

