साउन २८ गते थाइ एयरको विमानबाट स्वदेश फर्कदैं पूर्ब प्रधानमन्त्री देउवा



काठमाडौं,२३ साउन । पूर्ब प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन् ।

उनको सचिवालयका अनुसार, हाल हङकङमा रहेका देउवा साउन २८ गते मध्याह्न सवा १२ बजे थाइ एयरको विमानबाट काठमाडौं आइपुग्ने छन् ।

उपचारका लागि भन्दै प्रतिनिधिसभा निर्वाचनअगावै सिंगापुर गएका उनी उतैबाट हङकङतर्फ लागेका थिए ।यसअघि साउन २९ मा नेपाल फर्कने कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्