पत्रकार राईलाई ‘धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’
काठमाडौं,२२ साउन । किरात राई यायोक्खाको ३९ औँ स्थापना दिवसका अवसरमा पत्रकार धनबल राई सम्मानित गरिएको छ।

पत्रकार राईलाई शुक्रबार आयोजित कार्यक्रममा नगद २५ हजार र ताम्रपत्र सहितको ‘धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको हो। ललितपुरको सिंगापुर गोर्खा पेन्सन एसोसिएसनको हलमा आयोजित कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचोबाट पत्रकार राई सम्मानित गरेका थिए।
एक दशकभन्दा अगाडिदेखि पत्रकारिता गरिरहेका राई सोलुखुम्बु जिल्लास्थित विभिन्न रेडियोसहित नेपालभ्युज डटकम, नागरिक दैनिक, हिमालय टेलिभिजन लगायतका सञ्चारगृहमा काम गरेका छन् ।

