कांग्रेस आधिकारिकता विवाद थप न्यायिक प्रक्रियामा प्रवेश
काठमाडौं,२१ साउन । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनमा थप सुनुवाइ हुने निर्णय गरेको छ ।

निवेदन अध्ययनका लागि प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको थियो ।
पूर्ण इजलासले पुनरावलोकनको विषयमा सुनुवाइ अघि बढाउने आदेश दिएपछि उक्त मुद्दा अब थप न्यायिक प्रक्रियामा प्रवेश गरेको छ ।

