कांग्रेसको नीति प्रतिष्ठानमा थप उपसमिति गठन,उपभोक्ता अधिकार उपसमिति संयोजकमा केसी



काठमाडौं,२० साउन । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत गठित उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति संयोजकको जिम्मेवारी कैलाश केसीले पाएका छन् ।

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार सम्पन्न छैठौं बैठकले विभिन्न ६ वटा उपसमिति थप गर्दै सोलुखुम्बु कांग्रेसका नेता केसीलाई सो जिम्मेवारी दिइएको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकले थप गरेका अन्य पाँच उपसमितिमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिमा सुमित शर्मा ‘समीर’,यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमितिमा प्रतीक्षा चापागाई,ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिमा अनुपा श्रेष्ठ,सिमान्तीकृत वर्ग र समुदायः सम्वाद र सशक्तिकरण उपसमितिमा नरेन्द्र पासवान
स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिमा डोलराज भुसाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

आज थप गरिएका उपसमिति सहित प्रतिष्ठान अन्तर्गत हालसम्म ३१ उपसमिति गठन गरिएको दुलालले जानकारी दिएका छन् । प्रतिष्ठान प्रमुख शर्माले पार्टी सभापति गगन थापासंगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरुलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्