मन्थलीका एक युवा बिराटनगरमा मृत फेला



मोरङ,२० साउन । विराटनगरस्थित हिन्दू स्वयंसेवक संघ नेपालको भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मंगलबार विहान संघको केशवधाम भवनमा २५ वर्षीय हरिकृष्ण खत्री मृत अवस्थामा फेला परेका हुन्।विराटनगर वडा नम्बर ७ स्थित सोही केशवधामको सवारी चालकका रुपमा कार्यरत रामेछाप मन्थलीका खत्रीले कोठाको पर्दा अड्काउने रडमा पासो लगाएका थिए ।

उनी सोही कोठामा बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्