सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु
सप्तरी,१५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्तिसुरक्षा कायम राख्न बोदेबरसाइन नगरपालिका क्षेत्रमा बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको उल्लेख गरिएको छ।
हुलाकी राजमार्गको खडक पुलदेखि प्रितमपुर चोक, नेगडा बैरिया चोक हुँदै मानराजा चोकसम्मको क्षेत्रमा कर्फ्यु लागू हुनेछ।
आदेश उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।

