बेदिका केसीलाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं,७ साउन । राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसीलाई अदालतले एक दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले केसीलाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अभिव्यक्ति दिएपछि उनलाई बिहीबार पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्