सीबीएम् कलेजद्वारा फुटसलमा विजयीलाई सम्मान र पुरस्कार प्रदान



काठमाडौं, २७ वैशाख । काठमाडौको डिल्लीबजार चारखालमा रहेको कलेज अफ विजनेश म्यानेजमेन्ट (सीबीएम्) कलेजले फुटसल प्रतियोगितामा उत्कृष्ट समूह र व्यक्तिलाई सम्मान गरेको छ ।

क्याम्पसमा आज आयोजित विशेष समारोहमा फुटसल प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम र द्धितीय समूहलाई सम्मान गरिएको क्याम्पसका अध्यक्ष लेखनाथ कोइरालाले बताए । ‘फुटसल टुर्नामेन्ट फर एसइई अपियर्ड स्टुटेन्ड’ नाम दिइएको प्रतियोगिता काठमाडौमा भएको थियो । वैशाख २५ गते भएको प्रतियोगितामा ५० वटा समूह सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फ एच्डब्लुसी समूह प्रथम र इन्साइड भिजन समूह दोस्रो भएका थिए । त्यस्तै महिलातर्फ एबीसी गल्र्स प्रथम र स्याण्डिज सिस्टर्स दोस्रो भएका थिए । विजेताहरुलाई क्याम्पस सञ्चालक समिति अध्यक्ष कोइराला, प्राध्यापक कल्पना खरेललगायतले सम्मान गर्दै पुरस्कृत गरेका थिए ।

एस्इई दिएर बसेका विद्यार्थीहरुका लागि आयोजित प्रतियोगितामा सहभागीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष कोइरालाले सहभागीहरुको परीक्षाफल उत्कृष्ट आओस् भन्ने कामना गरेका थिए । प्रथम पुरस्कार जित्ने समूहले नगद १० हजार रुपैंयाँसहित मेडल, ट्रफी, प्रमाणपत्र पाएका थिए भनें दोस्रो हुनेले ५ हजार रुपैंयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका थिए । विजेतासहित सबै प्रतियोगीलाई खादा लगाएर सम्मान पनि गरिएको थियो । अध्यक्ष कोइरालाले प्रतियोगितामा सहभागी विद्यार्थीलाई उच्च शिक्षा आफूहरुकै क्याम्पसमा पढे विशेष सहयोग र समन्वय गर्ने पनि बताए । उनले क्याम्पसले पढाइमा मात्रै समय खर्च गर्ने नभई हरेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने बचनबद्धता व्यक्त गरे । उनले आफ्ना क्याम्पसका विद्यार्थीहरु खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन पुग्नेगरी क्याम्पसले हरेक प्रकारका कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।

२०५४ सालमा स्थापित क्याम्पसले प्लस टुतर्फ विज्ञान र व्यवस्थापन पढाउँदै आएको छ भनें यसैपटकबाट कानुन पनि पढाउने तयारी गरेको छ । क्याम्पसमा स्नातकतर्फ भनें बीबीएस्, बीबीएम् र बीबीएस् प्लस र डिग्रीमा एमुबीएस् अध्यापन गराउँदै आएको छ ।
प्रतियोगितामा सहभागीहरुलाई बधाई दिँदै प्राध्यापक कल्पना खरेलले एस्इई दिएर बसेका विद्यार्थीहरुको परीक्षाफल आउन लागेको भन्दै अग्रिम बधाई दिइन् । उनले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्न क्याम्पस आतुर रहेको बताइन् । उनले परीक्षा भइरहेका कक्षा ११ का विद्यार्थीलाई पनि सफलताको शुभकामना दिइन् ।

प्रतिक्रिया दिनुहोस्