गुण्डुमा ओली कुर्दै प्रहरी,पूर्ब गृहमन्त्री लेखक कटुञ्जेबाट पक्राउ



काठमाडौं,१४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोलीले अन्तिम प्रयास गरिएको छ । पक्राउ गर्न पुगेको टोलीले सहज तरिकाले गिरफ्तारी दिन अनुरोध गरिरहेको छ ।

ओलीलाई पक्राउ गर्न राति देखि नै टोली खटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोली ओलीको निवासमा छ ।

भक्तपुर प्रहरी र अन्य प्रहरीको टोली ड्रेसमा पुगेर थप सहयोग गरिरहेको छ । पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारीले गिरफ्तारीका लागि सहयोग गर्न आग्रह गरिएको जानकारी दिए ।

उता,पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । मन्त्रिपरिषदको निर्णय र कागजातसहित राति नै निवासमा पुगेको प्रहरी टोलीले लेखकलाई पक्राउ गरेको हो ।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई निवासबाट पक्राउ गरेको हो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्