रास्वपा सभापति लामिछानेलाई भाईरल ज्वरो



काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् ।

लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

“उहाँ (रवि लामिछाने)लाई भाइरल ज्वरो छ । दौडधुप र प्रेसरको कारणले होला,” आचार्यले भने, “पुरानो खुट्टाको घाउले होइन । खुट्टाको घाउ निको हुँदै छ ।”

आचार्यका अनुसार, लामिछाने अस्पताल भर्ना भएका छैनन् । उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरेर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्