सुनसरी १ बाट बिजयी भए श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ



काठमाडौं,२४ फागुन । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५७४१ मत ल्याउँदा पराजित तामाङले २७२४९ भोट प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्