त्रिविका विद्यार्थीलाई ज्वत्सानाको सहयोग



काठमाडौं । हिन्दु महासंघकी केन्द्रीय महासचिव तथा समाजसेवी ज्वत्साना साउदले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी छिन् । साउदले बाजुरासहित वरपरका दुर्गमा जिल्लाबाट कीर्तिपुर आएर पढ्दै गरेका विद्यार्थीलाई दैनिक जीवन धान्न समस्या परेकाले राहत उपलव्ध गराइएको बताइन् ।

विश्वविद्यालयका नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष श्यामचन्द्र अधिकारीले विद्यार्थीहरुलाई समस्या पर्दै गरेका बेला साउदको सहयोग उदाहरणीय भएको बताए । अधिकारीले विद्यार्थीको सहयोगका लागि अन्य संघसंस्थासँग पनि समन्वय गरिने र राहतका कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाएका छन् । साउदले विश्वविद्यालयमा अध्ययनरत ५० जना भन्दा बढी विद्यार्थीलाई ५ केजी , चामल, १ प्याकेट तेल, १ केजी नुन, १ केजी दाल, आलु, बिस्कुटलगायतका सामग्री उपलव्ध गराएकी हुन् । साउदको पहलमा होस्टे हैंसे एण्ड ग्लोबल कम्प्याक्ट नेपालले सहयोग सामग्री उपलव्ध गराएको थियो ।

त्यसैगरी कीर्तिपुरकै छात्रावासमा रहेका २० जनालाई पनि सोही परिणाममा राहत वितरण गरिएको नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना केसीले बताइन् । युवा व्यवसायी साहिल सिंह र नेतृ केसीले पनि यो राहत वितरणमा समन्वय गरेका थिए । नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना खत्रीले खाद्य सामग्रीको अभावमा विद्यार्थीहरु संकटमा परेको अवस्थामा समाजसेवी साउदले गरेको सहयोग स्मरणीय रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्