एमालेका भानुभक्तलाई पराजित गर्दै तेह्रथुममा कांग्रेसका सुब्बा बिजयी



काठमाडौँ,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् ।

सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुरेन्द्र कार्कीले ७,७३७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्