चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति थापा सल्लेरी र उपसभापति शर्मा सोताङ आउने



सोलुखुम्बु,४ फागुन । नेपाली कांग्रेस सोलुखुम्बुले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा र उपसभापति बिश्वप्रकाश शर्मा सोलुखुम्बु आउने भएका छन् ।

जिल्ला निर्बाचन परिचालन मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले आइतबार नेपाली कांग्रेसका उम्मेदवारहरुको चुनाबी कार्यक्रम सार्बजनिक गर्दै सभापति थापा फागुन १६ गते सदरमुकाम सल्लेरीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न र उपसभापति शर्मा फागुन ८ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सोताङ बजार आउने जानकारी गराएका हुन् ।

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्बाचनमा नेपाली कांग्रेस सोलुखुम्बुको तर्फबाट प्रकाशसिंह कार्की प्रत्यक्ष तर्फ र रिना उप्रेती र गीता गुरुङ समानुपातिक तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले आज गोरा टाप्टिङबाट चुनावी प्रचार तथा घर दैलो अभियान सुरु गर्दैछन् ।

सभापति शेर्पाका अनुसार फागुन ५ गते केरुङ हुंदै तिङलाबाट सल्लेरी आईपुग्ने कार्यक्रम रहेको छ भने ६ गते खरिखोला बस्ने कार्यक्रम तय छ ।

यसैगरी, ७ गते माप्य दुधकोशी,८ गते सोताङ बजार (बिश्व प्रकाश शर्मा) सोताङ बास,९ गते महाकुलुङमा चुनावी सभा गरिनुका साथै १० गते देउसामा भेटघाट गरेर मुक्लिमा बास बस्ने कार्यक्रम तय गरिएको सभापति शेर्पाले जानकारी दिएका छन् ।

त्यसैगरी ११ गते जुबु र लोखिम,१२ गते नेले, गार्मा, पञ्चन मुक्लि,काँगेल, नेले बजारमा भेघाट कार्यक्रम राखिएको छ ।१३ गते गते लुक्ला र खुम्बु,१४ गते लिखुपिकेमा सभा,१५ गते तामाखानी, बेनि,टाक्सिन्दु,१६ गते सल्लेरी र १८ गते नेचा बिहिवारेमा चुनावी सभाको कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्