महिला उम्मेदवार कल्पनाको जीत सुनिश्चित रहेको सोलु एमालेका नेताहरुको दावी
सोलुखुम्बु,२ फागुन । यतिबेला देशैभर चुनावी सरगर्मी बढिरहेको छ । उम्मेद्बारहरु मत माग्नका लागि आ-आफनो निर्वाचन क्षेत्रमा पुगेर मत मागीरहेका छन् । नेकपा एमाले सोलुखुम्बुको टोली पनि यतिबेला गाउँ गाउँ पुगेर मतदाताहरुसँग भेटघाट अनि अन्तरक्रियामा व्यस्त छ ।

नेकपा एमाले सोलुखुम्बुले विभिन्न समूहमा निर्वाचन टोली निर्माण गरी निर्वाचनको एजेन्डा पुर्याएर गाउँमा मतदाताहरु समक्ष मत मागिरहेका छन् । सोलुखुम्बुको साझा उम्मेद्बार कल्पना राईलाई साथ दिन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वरक्षामन्त्री मानवीर राई,कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धि कुमार राजभण्डारी,पूर्वमन्त्री उत्तम कुमार बस्नेत, जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला लगायतका नेताहरु सम्मीलित टोली यतिबेला जिल्लाको विभिन्न स्थानमा पुगेर मत मागिरहेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वरक्षामन्त्री मानवीर राईले एमालेको एजेन्डा निकै प्रभावकारी रहेको बताउनुभएको छ । उहाँले मतदाताहरु नेकपा एमालेको काम साथै उम्मेदवारप्रति सकारात्मक रहेको बताउँदै सोलुखुम्बुमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीले नेकपा एमालेले कुनै पनि विकासका कार्यमा बाधा नपुर्याएको स्मरण गराउनुभयो । उहाँले एमालेका उम्मेदवार कल्पना राईलाई मत दिनका लागि कुनै आनाकानी गर्न नपर्ने बताउँदै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
यस्तै पूर्वमन्त्री उत्तम कुमार बस्नेतले हरेक क्षेत्रमा महिलाहरु निकै अब्बल रहेको उदाहरण प्रस्तुत गर्दै अब सोलुखुम्बुमा पनि महिला उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले जिल्लाको समग्र स्थानमा एमाले पार्टिलाई माया गर्ने मतदाताहरु खुलेर एमालेको पक्षमा मतदान गर्ने विस्वास व्यक्त गर्नुभयो । जिल्लाको विकासका लागि संसदमा कुरा उठाएर समन्वयकारी भूमिका निर्वाह गर्दै जिल्लाको चौतर्फी विकासका लागि पहल कदमी रहेने प्रतिवद्द्ता जनाउनुभयो ।
एमालेका नेताहरुले एमाले सोलुखुम्बुले अब्बल उम्मेदवार उठाएको र जित आफ्नै पोल्टामा रहेको दाबी गर्दै फागुन अन्तिम सातामा विजय जुलुस मनाउन तयार हुन आफना मतदाताहरुलाई आग्रह गरेका छन् ।
निर्वाचन टोली जिल्लाको लिखुपिके गाउँपालिका,माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरीखोला र सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर १ र २ मा मतदाताहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरीसकेको छ । बाँकी अन्य निर्वाचन क्षेत्रमा निर्वाचन प्रचार प्रसार तालिका अनुसार त्यस क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।

