नेपाली कांग्रेस:लोकन्थलीमा निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम सुरु

केदार बस्नेत,काठमाडौं।फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको आयोजनामा निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम सुरु भएको छ।

सोलुखुम्बुबाट आई विभिन्न पेसा व्यवसाय गरि उपत्यकाभित्र अस्थायी बसोबास गर्ने नागरिकहरुसँग आज बुधबार भक्तपुरको दिब्यश्वरी पार्टी प्यालेस लोकन्थलीमा केहिबेर अघिबाट कार्यक्रम सुरु भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दिनराज बस्तोलाले रहस्य खबरलाई जानकारी दिनुभयो।
उक्त निर्वाचन केन्द्रित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री बलबहादुर केसी,निवर्तमान जिल्ला सभापति बिनोदकुमार बस्नेत,सोताङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष एवं कांग्रेस नेता खिलराज बस्नेत लगायत अन्य नेताहरुको सहभागीता रहेको छ।
साथैँ नेका सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश सिंह कार्की समानुपातिक तर्फका उम्मेदवारहरु रिना उप्रेति केसी र गीता गुरुङको पनि उपस्थिति रहेको छ।
बक्ताहरुले रुख चिन्हमा मतदान गरी अत्यधिक मतले उम्मेदवारहरुलाई विजयी गराउँन मतदाताहरु माझ अपिल गर्नुभएको छ।

