कार्की नेतृत्वको सरकारका अर्का मन्त्रीले पनि दिए राजीनामा
काठमाडौं,५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।

मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन् ।
“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु”, राजीनामा पत्रमा भनिएको छ ।
खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नं २ बाट निर्बाचन लड्ने तयारीमा छन् । आजै मन्त्री गुप्ता र केही साता अघि कुलमान घिसिङले पनि राजनीमा दिएका थिए।

