कांग्रेस आधिकारिकता सम्बन्धि निर्णय केही बेरमै आउने, दुबै समूह निर्बाचन आयोगको गेट कुर्दै



काठमाडौं,२ माघ । निर्बाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि निर्णय आजै सुनाउने तयारी गरेसंगै देउवा र गगन पक्ष सडकमै बसेका छन् ।

आयोगले शुक्रबार शेरबहादुर देउवा समूह र थापा समूहसँग छलफल सम्पन्न गरेसंगै आजै निर्णय सुनाउने भएको हो।निर्वाचन आयोगमा कांग्रेसको दुवै पक्षले आधिकारिता दाबी गरेका छन् भने दुबै समूहले गेटमा बसेर एक अर्काबिरुद्द नाराबाजी गरिरहेका छन् ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्