श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पाए दुई लाख २५ हजार बढी राशीको ‘यलम्बर स्मृति पुरस्कार’
काठमाडौं,१ माघ ।किरात राई यायोक्खाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ‘यलम्बर स्मृति पुरस्कार’बाट सम्मानित गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङलाई बिहीबार यलम्बर संवत् ५०८६ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरिएको हो।
यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले २ लाख २५ हजार ५५५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेका थिए।
यसअघि उक्त सम्मान सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको थियो।

