कांग्रेसमा सभापति गगनले घोषणापत्र बनाउने,बिश्वप्रकाशले निर्वाचन परिचालनको नेतृत्व गर्ने



काठमाडौँ,१ माघ । कांग्रेसले नवनिर्बाचित सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाउने निर्णय गरेको छ । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

बैठकले नयाँ बनेको केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय समेत गरेको छ ।बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।

थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्