माघ ४ गते एमालेले काठमाडौंमा चुनावी र्‍याली गर्ने



काठमाडौं,१ माघ । नेकपा एमालेले ४ माघमा काठमाडौंमा व्यापक जनप्रदर्शन सहित चुनावी सभा गर्ने भएको छ ।

नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा त्यसबारे जानकारी दिए ।

सचिव बस्नेतले एमाले चुनावमा होमियो भन्ने सन्देश दिन भव्य र सभ्य जनप्रदर्शन गर्ने बताए ।भर्खरै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय समितिमा एक तिहाइ नयाँ अनुहार,१३ प्रतिशत ४० मुनिका युवा र एक तिहाइ ५० मुनिका युवा समेटिएको उनले बताए ।‘पार्टीले अरू सबै कुरा रोकेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ, हामी एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन चाहिरहेका छौं,’ सचिव बस्नेतले भने ।

जनप्रदर्शनपछि प्रज्ञा भवनमा आयोजना हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने उनले बताए। अध्यक्ष ओलीले सभामार्फत चुनावका लागि आवश्यक निर्देशनसमेत दिने जनाइएको छ। बागमती प्रदेशका १८ सिटमा अधिकतम जित हासिल गर्ने रणनीतिका साथ पार्टी अघि बढिरहेको बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्