समानुपातिकको बन्दसूची बनाउन कांग्रेस एमालेका नेताहरु निर्बाचन आयोगमा



काठमाडौं,१४ पौष । यही फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरू निर्वाचन आयोग पुगेका छन्।

आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार (पुस १४) सम्मको समयसीमा तोकेको छ।एमालेका प्रतिनिधिहरू आयोग पुगेका छन् भने अन्य नेताहरू पनि आउने क्रममा रहेको जानकारी दिइएको छ।

पार्टीको तर्फबाट समानुपातिक बन्दसूची बुझाउन कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायतका नेता आयोग पुगेका हुन्।

कांग्रेसको आजै बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट प्राप्त समानुपातिक सूची अनुमोदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्