एमालेलाई एक नम्बर पार्टी बनाउन लाग्छु : केन्द्रीय सदस्य बिक
काठमाडौ,९ पौष । पूर्व राज्यमन्त्री बिमला बिकले नेकपा एमालेको हालै सम्पन्न ११ औ महाधिवेशनमा लोकप्रिय मतका साथ बिजय हासिल गरीकी छिन् । २२ सय ६३ मतदाता रहेको र खसेको २२ सय २७ मतमध्ये उनले १९ सय ६२ मत ल्याएकी हुन् ।

बर्दियाकी बिकले खुला केन्द्रीय सदस्य जितेकी हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद भएकी उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएकी थिइन् । मन्त्री हुँदा पनि राम्रो भूमिका खेलेकी उनको प्रस्तुति संसदमा पनि प्रभावकारी रहेको थियो ।
‘मलाई मतदाताले पत्याएर जसरी मतदान गर्नुभयो त्यसको म सम्मान गछुर््ृ’ उनले भनिन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले जिम्मेवारी बढेको बताएकी छिन् । उनले आगामी दिनमा पनि हिजोको जस्तै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र एमालेलाई एक नम्बरको पार्टी बनाउन सक्रिय रहने बताएकी छिन् ।

