थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई चीन प्रस्थान
सोलुखुम्बु,३१ असोज । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन्।

बिश्वका विभिन्न १५ देशका विशिष्ट प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालन हुने राईज वीक इभेन्ट 2025 मा नेपालबाट प्रतिनिधित्व गर्दै अध्यक्ष राई चीन प्रस्थान गरेको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
Tongji University Shanghai र UNDP China ले संयुक्त रुपमा आयोजना गर्ने सो इभेन्टमा जलवायु संकटका कारण शहरहरूमा बढ्दो विपद्को जोखिम न्युनीकरणका बिषयमा छलफल हुने बताइएको छ ।
अध्यक्ष राईले आफ्नो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्ने गरी कार्यबाहकको जिम्मेवारी उपाध्यक्ष सविता राईलाई तोकेको प्रबक्ता कार्कीले जानकारी दिए।

