वाइसीएल सोलुखुम्बु सम्पर्क विशेष समितिको अध्यक्षमा प्रकाश, अनेमसंघ (क्रान्तिकारी )मा मेरिना



काठमाडौं,१ भदौ। नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल सोलुखुम्बु सम्पर्क विशेष समिति र भगिनी संस्था अखिल नेपाल महिला संघ (क्रान्तिकारी )सोलुखुम्बु- काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त प्रथम भेला सम्पन्न भएको छ ।

नेकपा(माओवादी केन्द्र) सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा शनिबार सम्पन्न भेलाले होम प्रकाश राईको अध्यक्षतामा वाईसीएल नेपाल सोलुखुम्बु सम्पर्क विशेष समिति र मेरिना खालिङ(शेर्पा) को अध्यक्षतामा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) काठमाडौं सम्पर्क समन्वय समिति गठन गरिएको सचिब शिशिर देव किराँतीले जानकारी दिए।

नेकपा(माओवादी केन्द्र)स्थायी कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समिति अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्यता सम्पन्न सो भेलामा केन्द्रीय सदस्य तथा सोलुखुम्बुको इन्चार्ज हेमकुमार राई(सुरवीर),केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सम्पर्क समन्वय समिति इन्चार्ज करुणा बस्नेत,केन्द्रीय सदस्यद्वय निमातेण्डुप शेर्पा र आङदावा शेर्पा, कोशी प्रदेश कमिटी सह सचिव सागर किराती,कोशी प्रदेश कमिटी सदस्य तथा सोलुखुम्बु सहइन्चार्ज एवं थुलुङ दुधकोशी गाउपालिका अध्यक्ष असिम राईको उपस्थिति रहेको थियो।

यसैगरी,सम्पर्क समन्वय समितिको अध्यक्ष प्रतिमा गहतराज,अनेमसंघ(क्रान्तिकारी),केन्द्रीय सदस्य तथा सोलुखुम्बुको अध्यक्ष अमृता कुलुङ, नेकपा(माओवादी केन्द्र),जिल्ला समन्वय सदस्य तथा माप्य दुधकोशी गाउपालिका उप-प्रमुख गौरव राई, वाईसीएल नेपाल सम्पर्क विशेष प्रदेश समिति सचिव प्रभाव राई, सोही समितिको सह-सचिव गणेश भुसाल,वाईसीएल नेपाल केन्द्रीय सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज रस्बिन मगर , वाईसीएल नेपाल केन्द्रीय सदस्य सुजन राई,वाईसीएल नेपाल सोलुखुम्बुको अध्यक्ष विवेक थुलुङ लगायतको उपस्थिति रहेको किराँतीले बताए ।

सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा विष्णु राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव शिशिर देव किरातीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्