मनोहरा किनारका २५ घरटहरामा चल्यो महानगरको डोजर, ४ नगर प्रहरी घाइते
काठमाडौं,३० साउन । काठमाडौं महानगरपालिकाले मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीका २५ घरटहरा भत्काएको छ । शुक्रबार डोजरसहित पुगेको महानगर प्रहरी टोलीले नेपाल प्रहरीको सुरक्षा सहयोगमा अवैधरूपमा बनाइएका ती घरटहरा भत्काएको हो।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेका अनुसार, अवैध संरचना भत्काउने क्रममा स्थानीयसँग झडप हुँदा तीन जना पुरुष र एक जना महिला नगरप्रहरी घाइते भएका छन्।त्यस क्षेत्रमा धेरै अवैध घरटहरा छन् । आज २५ वटा घरटहरा भत्काइएको छ,घरटहरा भत्काउने क्रममा उनीहरूले ढुंगामुढा गरेका थिए । घाइतेमध्ये दुई–तीन जनालाई टाउकोमा ढुंगा लागेको छ,” उनले भने ।
घाइतेहरूलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको छ ।
यसअघि, पटकपटक सूचना जारी गर्दा पनि आफैँले घरटहरा नहटाएपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

