शेर्पा संघ अमेरिकाले आयोजना गर्‍यो कूलमान घिसिङलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम



दावा जाङ्बु शेर्पा,काठमाडौं,२७ साउन । ‘उज्यालो नेपाल’ अभियानका कुलमान घिसिङले अमेरिकामा रहेका नेपाली समुदायसँग आफ्नो ३० वर्षको सार्वजनिक सेवाको अनुभव,भविष्यका योजना र देशको आर्थिक रूपान्तरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शेर्पा संघ अमेरिकाले सोमबार आयोजना गरेको सम्मान तथा विशेष अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका घिसिङले भने-‘विदेशमा आएर स्वदेशको चिन्ता गरिरहेका नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु।’अहिलेसम्म अमेरिकामा आएर १०–१२ वटा कार्यक्रममा भाग लिइसकेका र गल्फका ४ देश भ्रमण गरिसकेको जानकारी दिंदै उनले नेपाल सरकारले आफुलाई बर्खास्त गरे पनि देश विदेशका जनताले माया र विश्वास देखाएको अनुभव सुनाएका थिए।

“नेपालमा जुन किसिमको आर्थिक रूपान्तरणको लागि नेतृत्व चाहिन्छ,त्यस्तो अहिले छैन,उनले भने- ‘Right man, right place, right time हुनुपर्छ। नेपाललाई सम्भावनाको देश बनाउनु मेरो लक्ष्य हो।’

कार्यक्रममा उपस्थित धर्म गरूहरु खेन्पो पेम छिरिङ शेर्पा,खेन्पो ङवाङ चोण्डु लामा शेर्पा,शेर्पा संघ अमेकिकाका सल्लाहकार संरक्षक, विभिन्न संघसंस्था प्रतिनिधि, बुद्धिजीवी, पत्रकार ,कलाकार तथा नेपाली समुदायका सदस्यहरूले घिसिङलाई विभिन्न सल्लाह र सुझाव दिंदै प्रवासबाट गर्नुपर्ने सहयोगका बिषयमा जिज्ञासा राखेका थिए ।

शेर्पा संघ अमेरिकाका पासाङ दोर्जी शेर्पा ए.पी. लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन NRNA न्युयोर्क च्यपटरका अध्यक्ष तथा संघका महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्