बालेनमाथि ४ करोड २ लाख रुपैयाँ घोटालाको आरोप,सफलले गुहारे अख्तियार
काठमाडौ, ९ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) माथि ४ करोड २ लाख रुपैयाँ घोटाला गरेको आरोप लगाउदै अख्तियारमा उजुरी परेको छ।

काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानमा बिना प्रतिस्पर्धा पुमा निर्माण कम्पनीलाई दिएर साहले सो घोटाला गरेको भन्दै सोमबार युवराज सफलले उनीबिरुद्द अख्तियारमा उजुरी दिएका हुन।
‘महानगरको सार्वजनिक निर्माण बिभागले दिएको सूचनामा भवन निर्माण र नयाँ लिफ्ट जडानको लागि राष्ट्रिय दैनिकमा बोलपत्र आव्हान गरेको तर बोलपत्रमा पुमा लक्ष्मी निर्माण सेवाले मात्र भाग लिएको कारण उसैलाई बिना प्रतिस्पर्धा ४ करोड २ लाखको टेण्डर दिएको अवस्था छ । काठमाडौं जस्तो ठाउँमा ४ करोड २ लाखको टेण्डर खुल्दा कुनैपनि निर्माण कम्पनीले भाग लिदैनन ? के काठमाडौं कर्णाली होर ? एउटा मात्र बोलपत्र परेपछि त्यसलाई रद्द गरि रि टेण्डर गर्न पर्ने होइन र ?’, उजुरीमा उल्लेख छ ।

