बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्वीप
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।

प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी गराउँदै एमाले मुख्य सचेतक महेश कुमार वर्तौलाद्वारा जारी व्हीपमा भनिएको छ, ‘नेपाल सरकारद्वारा पेश गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन हिप जारी गरिएको छ।’

