बर्दियामा १६ बर्षीया बालिका बलात्कृत,एकजना पक्राउ



बर्दिया,८ असार । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसी छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्