नागार्जुन नगरपालिकाका मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
काठमाडौं,६ असार । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। बस्नेतलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्ने फैसला गरेको हो।

राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा दोषी ठहर भएपछि नागर्जुन नगरपालिका मेयरविहीन भएको बनेको छ। विशेष अदालतले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको निष्कर्ष निकालेको हो। उनीमाथि सजाय निर्धारणका लागि असार १६ गते पेसी तोकिएको छ।
अख्तियार प्रमुख प्रेमकुमार राईलाई धारे हात लगाउँदै बानेश्वरतिर हल्लिरहेका बस्नेतलाई विशेष अदालतले जागिर नै खाइदिएको छ। कांग्रेसी मन्त्री मोहनबहादुर बस्नेतको भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा विचाराधीन अवस्थामा छ।

