थुलुङ दुधकोशीको वडा नं ७ मा खानेपानी र मण्डली किचेन घर उद्घाटन



सोलुखुम्बु,४ असार । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ लुर्वा र नाम्से क्षेत्रमा निर्माण सम्पन्न भएको कात्तिके खानेपानीको उद्घाटन गरिएको छ ।

१६ लाखको कूल लागतमा निर्माण सम्पन्न भएको सो योजनाको मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको सो वडाका वडाध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

संघीय खानेपानी,स्थानीय सरकार(वडा) र उपभोक्ता समेतको संयुक्त लागत साझेदारीमा सम्पन्न सो योजना अन्तरगत ६६ वटा पक्की धारा निर्माण गरिएको वहाँले बताउनुभयो। एक बर्षमा निर्माण सम्पन्न भएको यो योजनाबाट स्थानीय ६६ घर लाभान्वित हुने प्रबक्ता कार्कीको भनाइ छ।

हिँजै अध्यक्ष राईले सोही वडामा जनजागृती ज्योति प्रशंसा मण्डली किचन घरको उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाको १ लाख ५० हजार र श्रमदान गरि कूल लागत २ लाख रुपैयाँको निर्मित किचन घर निर्माण गरिएको हो। यस किचन घरको निर्माणले स्थानीय समुदायलाई सुविधा पुग्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष सविता राई वडाध्यक्ष भोजराज कार्की,संस्थापक वडाध्यक्ष्य राम संघर्ष किराँती लगायत अन्य जनप्रतिनिधि र उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्