धरौटी तिरेर रिहा भए धवल,रबिन्द्र मिश्र अझै फरार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । सोमबार ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीनथिए । राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र अझैं सम्पर्कबाहिर छन् ।

