बालाजुमा भेटिए बेपत्ता डाक्टर,केही बेरमा आफन्तको जिम्मा लगाईंदै
काठमाडौं,२ असार । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका रामेछाप अस्पतालका निमित्त मेसु डा. केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ । उनलाई बालाजुबाट उद्दार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गरेको सोधपुछका क्रममा उनले आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याईदै छ । त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाईने छ।
यसअघि आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको बताउदै फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएका थिए ।
स्टाटस बाहिरिएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। प्रहरीले उनको अन्तिम लोकेशनका आधारमा खोजी थालेको थियो । उनको अन्तिम लोकेश चाबाहिल पाइएको थियो ।

