आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै डाक्टर बेपत्ता



काठमाडौं,२ असार । सामाजिक सञ्जालमार्फत घर परिवारसँग माफी माग्दै रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर श्रेष्ठ सम्पर्कविहीन भएका छन् ।

जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरुले दुःख दिएको कुरा उल्लेख गर्दै उनले गल्ती विनाको सजाय भोग्न बाध्य बनाइएको खु्लाएका छन् । उनले केही व्यक्तिहरुको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको उल्लेख गरेका छन् ।

रामेछाप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङका अनुसार केही दिनअघि उनको सरुवा भएको थियो ।
उनले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप-०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन्डा.श्रेष्ठले नाम उल्लेख गरेका केदार कार्की भने पूर्व वडा अध्यक्ष रहेको खुलेको छ ।

उनको काठमाडौं प्रहरीले खोजी गरिरहेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ । बस्नेतले डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको जानकारी दिए । उनको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्