टिकटकर रमा बस्नेत साईबर क्राईमको आरोपमा पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन र भ्रामक प्रस्तुति दिएको भन्दै नेपाल प्रहरी टिकटकर रमा बस्नेतलाई पक्राउ गरेको छ ।
खोटाङको हलेंसी तुवाचुङ-६ घर भई हाल भक्तपुर बस्दै आएकी ३१ बर्षीया बस्नेतले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

भक्तपुरबाट आइतबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबरर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।उनी टिकटकमा सक्रिय रहेको प्रहरीले बताएको छ । उनका तीन/चार वटा आईडी रहेको एक अनुसन्धान अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्