नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशीको दोश्रो सम्मेलन सम्पन्न,४५ सदस्य समिति चयन



सोलुखुम्बु,१ असार। नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशीको अध्यक्षमा रामकिरण राई निर्बाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र )थुलुङ दुधकोशी गाउँपालिका कमिटीको शनिबार सम्पन्न दोश्रो सम्मेलनले राईसहित ४५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो।

कमिटीमा भोजराज कार्की,सबिता राई,बल बहादुर राई र प्रेम बहादुर तामाङ गरी चार जना उपाध्यक्ष निर्बाचित भएका छन् । त्यसैगरी सचिबमा तिलक बहादुर राई,सहसचिवमा प्रकाश सङ्कल्प राई र कोषाध्यक्षमा प्रकाश राई चयन भएको नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशीले जनाएको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटीका सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’,बिशिस्ट अतिथि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत रहेका कोशी प्रदेश कमिटी सचिवालय सदस्य एबम् जिल्ला सह इन्चार्ज अशिम राई,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी संयोजक नाम्गेल शेर्पा लगायत अन्य नेताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्