प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने



काठमाडौँ,६ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।संघीय संसद भवन,नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उता, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेस गर्दै छन् ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सबन्ध केही नेपाल एनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथि भइरहेको भेदभाव’ विषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्