‘सुपादेबी देउराली माई’ भजन संग्रह सार्बजनिक (भजन सहित)



अर्घाखाँची,४ जेठ । कलाकारद्वय मोतिराज खनाल,शेषनारायण पोख्रेलको शव्द तथा मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लयमा नयाँ भजन सार्बजनिक भएको छ ।

नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिर सुपादेउराली मन्दिरमा छायांकन गरिएको सो भजन सुपादेवी देउरालीकी माई,जय जय भगवती सुपादेवी देउरालीकी माई,अर्घाखाँची देवभुमिलाई,तिम्रो शक्ती खोजेर नपाई भन्ने शव्दहरुबाट सुरु गरिएको छ । निर्देशक सुरज खनाल र कोरियोग्राफर शिवजी क्षेत्रीको रहेको छ ।

सुपादेउराली मन्दिरमा नै महिना दिन अगाडी आएर छायांकन गरिएको भजनमा चर्चित हाँस्यकलाकार दारी बाको पनि अभिनय रहेको छ । भजनको स्वरमा मोतिराज खनाल,शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल,पुनम बस्याल,मन्जु गुरुङ्ग र एरेन्ज विश्वास नेपालको रहेको भजन निकै उत्कृष्ट स्वर,शव्द,छायांकनसहित बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्