गृहमन्त्री रमेश लेखक सोलुखुम्बु जाँदै
केदार बस्नेत,काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक सोलुखुम्बु आउँने हुनुभएको छ।गृहमन्त्री लेखक जेठ ३ गते शनिबार सोलुखुम्बु आउँन लाग्नुभएको हो।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र`क´को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलन उद्वाटन गर्न गृहमन्त्री लेखकले थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी जनाउन लाग्नुभएको नेपाली कांग्रेस प्रदेश सभा`क´ले जनाएको छ।
बैशाख १७ गते बुधबार लेखक कांग्रेस नेता तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीको लाजिम्पाटस्थित निवासमा पुगेर सोलुखुम्बु जिल्लाको समग्र विकास तथा समसामयिक विषयमा समेत केसीसँग छलफल गर्नुभएको थियो।
यस्तै बैशाख १८ गते नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेता केसीबीच भेटघाट भएको थियो।देउवा र केसी दुवै नेताबीचको छलफल पश्चात् लेखकको प्रमुख आथित्यतामा कार्यक्रम हुनेभनि सामाजिक सञ्जाल फेसबुकमा नेचासल्यान गाउँपालिकाका अध्यक्ष एवं प्रदेश सभापति धनजन राईले स्टाटस सार्वजनिक गर्नुभएको थियो।
नेचासल्यान,महाकुलुङ,सोताङ र थुलुङ दुधकोशी गाउँपालिका यस प्रदेश सभा अन्तर्गत पर्ने स्थानीय तहहरु हुन् ।कार्यक्रममा जिल्ला स्थित पार्टीका केन्द्रिय तहदेखि वडातहसम्मका नेता तथा कार्यकर्ता सम्पुर्ण क्रियाशिल सदस्यहरु लगायत भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा सदस्यहरुलाई उपस्थिति हुन सचिव द्वय हेम भट्टराई र विजय गुरुङद्वारा आज मंगलबार सार्वजनिक गरिएको हस्ताक्षरित सुचनामा जानकारी गराईएको छ।