सामाजिक रुपान्तरणका लागि नागरिक समाजले गर्यो विभिन्न ब्यक्तित्वलाई सम्मान
काठमाडौँ ।’आत्मा साक्षी राखि राष्ट्र निर्माणमा जुटौं, बिकृति बिसङ्गति बिरुद्ध लडौं’ भन्ने मूल नारा बोकेको ‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ ले विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ ।

रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा राजधानीको रास्ट्रिय नाचघर जमलमा हालै सम्पन्न कार्यक्रममा पत्रकार रामचन्द्र खड्का,वरिष्ठ सनाजसेवी निलबहादुर राई,संगीतकार नारायण रायमाझी,वरिष्ठ लोक गायक तथा सर्जक प्रजापति पराजुली, कृषि उद्यमी दिपक न्यौपाने, सामाजिक अभियन्ता आशिका तामाङ,पर्यटन ब्यबसायी किशोर नेपाल अन्य ब्यक्तित्वहरुलाई बिशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी अध्यक्ष द्वारिका उप्रेती,ग्लोबल आईएमई बैंकका बजार प्रमुख दिलिप पोखरेल,नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली,एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ,लोक दोहोरी प्रतिस्ठानका अध्यक्ष रिता थापा,राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतको उपस्थिति रहेको सो कार्यक्रममा २०८२ को क्यालेन्डर बिमोचन गरिएको थियो।
संस्थाका अध्यक्ष यामबहादुर जीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब बिष्णु गिरी र स्वागत मन्तव्य कार्यक्रम संयोजक नागरिक समाजका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए । कार्यक्रममा बद्री पराजुलीको एकल साँगितिक साझ आयोजना गरिएको थियो ।