शिक्षा मन्त्रालयले गर्‍यो आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुनःआव्हान



काठमाडौँ,१२ बैशाख ।शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुनः आव्हान गरेको छ ।२३ औं दिन यतादेखी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघलाई बिज्ञप्ति जारी गरी शुक्रबार शिक्षामन्त्री रघुजी पन्त र सचिब डा.दीपक काफ्लेले पुनः वार्ताका लागि आह्वान गरेका हुन्।

शिक्षकहरु चैत २० गतेदेखि शिक्षक महासंघको आह्वानमा शिक्षकहरु २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। बिहिवारमात्रै कार्यभार सम्हालेका मन्त्री पन्तले
छिटो कानुन पास होस् भन्ने शिक्षकहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। ‘

विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने बाताबरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयनशील रहेको छ, पन्तले अगाडि भनेका छन्, ‘शिक्षक प्रतिनिधिहरुसँगको वथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविकै हो ।’

मन्त्री पन्तले कानुन निर्माणको आफ्नै विधि भएकाले त्यसलाई अनुसार गरेर मात्रै अघि बढ्न सकिने जनाएका छन्। उनले भनेका छन्, ‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छदैछ। तसर्थ, शिक्षकहरुसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आहान गर्दछु।’

यसैगरी,मन्त्रालयका सचिव काफ्लेले शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्षलाई सम्बोधन गर्दै वार्तामा आउन आव्हान गरेका हुन्। यसअघि मन्त्रालयसँग संवादमा रहेका शिक्षकहरू शिक्षा मन्त्रीबाट विद्या भट्टराईको राजीनामासँगै संवाद टुटेको थियो।विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्