आन्दोलनरत शिक्षक आवद्ध संस्थाहरुको बैठक बस्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ ।

रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा महासंघले दिउँसो सवा ३ बजे बस्ने गरि बैठक बोलाएको हो। बैठकमा महासंघ आवद्ध संस्थाका अध्यक्ष र महासचिव, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरू सहभागी हुनेछन्।
बैठकमा गएराति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँगको भेट र समसामयिक विषयमा महासंघको छलफल हुने महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

