नेकपा(माओवादी केन्द्र) नेचासल्यानको अध्यक्षमा बियस राई,४५ सदस्यीय समिति चयन
सोलुखुम्बु,२७ चैत।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँसम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचित कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहनुभएको छ । यस्तै सचिवमा बम प्रसाद बाँस्तोला, सह-सचिवमा युवराज राई र कोषाध्यक्षमा ओम कुमार राई निर्वाचित हुनुभएको छ ।
यस्तै मुक्ति शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति, कृष्ण शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र कुल प्रसाद बास्तोलाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरिएको छ ।
सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर), केन्द्रीय सदस्य गोम्बु शेर्पा(कर्ज्याङ), प्रदेश सचीवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले संबोधन गर्नुभएको थियो ।
कार्यक्रम पार्टीका पालिका कमिटी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

